साहित्य


-सानु याख्खा
हाल,दोहा कतार

भाग्यले पाए तिमीलाई  मैले गुमाउन चाहन्न
गरेमा घात हजुरले पनि धर्तिमै रहन्न
“प्यारा म बाँच्न चाहन्न “
बेहोसमा छु कि होसमा छु म दिनरातै टोलाउछु
त्यो मध्यरातको निन्द्रामा पनि झस्किदै टोलाउछु
“प्यारा यादैमा टोलाउछु “
बाँढेर हेर त्यो मनको माया मै पनि बाड्दिउला
एक युग होइन सात युग जाने साईनो जोडदिउला
“प्यारा साइनै जोडदिउला”
चोट कतै लागे हजुरलाई मै बरु मर्दिउला
“प्यारा मै बरु मर्दिउला”
पिडा र पिरले हैन जीवन खुशीले भर्दिउला
“प्यारा मै बरु मर्दिउला”
लागेमा चोट हजुरलाई म साह्रै दुख्नेछु
बिना चन्द्रमा अंधेरी रातमा सधैंलाई झुक्नेछु
“प्यारा म सधैं दुख्नेछु”

sanu01

आमाको माया र होली

आज उसको जीवनको एक महइभ्वपूर्ण
दिन थियो । ऊ आप\mनो सौतेनी आमाको
अँगालोमा घरबाहिर कतै जाँदै थियो । यसअघि
उसले कहिल्यै त्यस्तो अवसर पाएको थिएन ।
ऊ आफ् नी आमाका े अगँ ालामे ा बाँ िधएर बाहिर
जानुको पहिलो अनुभव बटुल्ने क्रममा थियो,
त्यसैले एकातिर उसको मन प्रफुल्ल थियो
भने अर्कातिर उसलाई अचम्म पनि लागिरहेको
थियो- आज आमालाई के भएको ? आमाले
मलाई आज कता लगिरहनुभएको होला ? उसले
अरू बले ा घरमा आमाल े ऊप्रि त गनर् े व्यवहार
सम्भिmयो र आज त्यही आमाले ऊप्रति गरेको
व्यवहारमा आकाश-पातालको फरक पाउँदा उसको
बाल-मष्तिस्कमा आमाका े मन अब सधलंै ाई
परिवर्तन भयो भन्ने लागेको थियो, यद्यपि उसले
केही भन्न सकिरहेको थिएन । यस्तैमा एउटा
सपिङ मलको गेटमा अचानक ऊ अँगालोबाट
ओरालियो र छेउमै भएको कुर्सीमा
बसालियो । आमाको मुखबाट ‘तँ यही बस्दै गर
है म नआएसम्म’ भन्ने वाक्य निस्कियो । ऊ
चारैतिर हेर्दै त्यहीं बस्न विवश थियो ।
करिब एक घण्टापछि आमा फर्किइन् र
पहिलेजस्तै फेरि उसलाई अँगालोमा राखियो ।
आमाका खुट्टाहरू घरतर्फ बढ्न थाले । घर पुग्न
लाग्दा आमाचाहिँको मोबाइल बज्यो, ऊ फेरि
भुइँमा ओरालियो । उसले आमाको मुखबाट सुन्यो-
‘ए बाब,ु छनै बाब,ु म कहा ँ बिसर्न् थ ंे र मरे ो
बाबुको डिमान्ड । मैले मेरो बाबुलाई धेरै लोला
र बेलुन ल्याइदिएको छु । है त ल बाइबाइ ।’
त्यसपछि मात्र उसले सम्भिmयो- भोलि होली
हो । अनि मात्र उसलाई महसुस भयो, उसकी
आमाद्वारा अघि ऊप्रति गरिएको व्यवहारको रहस्य
के रहेछ ? ऊ त आप\mनै आमाद्वारा आफूले लोला
नखाइयोस् भनेर प्रयोग गरिएको रहेछ । वास्तवमा
उसले पहिले सोचेजस्तो आमाको मन नै परिवर्तन
भएको भने होइन रहेछ ।
-सुशील काफ्ले

कविता

प्रेम अर्याल,दोहा,कतार

धनिको महल र मुखमा पनि सुहाई दिने
गरिबको गोठ र ओठमा पनि रर्साई दिने
शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने
भेदभाव रहित उपभोग भएको छ रक्सी
मान्यजनको मान र सत्कारमा सुहाई दिने
दुखीको दुखाई, थकाई र पिर मेटाई दिने
एकान्तमा जम्ने, भेटघाटमा त झनै रम्ने
कहि कतै नशा हैन अमृत भएको छ रक्सी
कसैको खुसीमा खुसीयाली मनाउन मिल्ने
जताततै अति प्रसंसनिय भएको छ रक्सी
कसैको दुःखमा दुःखै बिसाउन पनि मिल्ने
कहि कतै त ओखटी पनि भएको छ रक्सी
सरिरमा मात र गीलासमा रक्सी छञ्जेल
आहा।।।रक्सी थपिदिने त्यो हातै पोषीलो
आकासको तारानै झार्ने कुरै जोशीलो
आफनै कुरामा सहि थप्ने साथनै रसीलो
रमझम र रमाईलै हुने भएर सबै पिउने गरेको छ
दयालुको मन जितेको छ, सत्जनको दिमाख हारेको छ
पापीको तन पगालेको छ, मर्खको बल पनि हारेको छ
त्यसैले होसियार १ बिस्तारै लाग्ने बिष हो रक्सी
कोहि भन्छन, पिउनको लागी जिउछु, प्यारी रक्सी
तर जीन्दगीनै डामाडोल बनाउने कुलत हो रक्सी
कोहि भन्छन, जिउनको लागी पिउछु, मिठो चुस्की
होसियार १ बिस्तारै कंगाल बनाउने बोक्सी हो रक्सी

पोईला जाने श्रीमती

कुलङ्गारनी स्कुल कलेजको बषौको प्यार बिबाह पछि धोका भो
२ पुत्र छोडी ४ पुत्रको बाबुसंग गयौ यो पुन्टे बलिको बोका भो
कती थिए तिम्रा अंगअंगमा अमृतरुपी चुम्बन,ती सबै आज बिष भए
मैले खाडीमा कमाएको चार लाख सबै,चारपुत्रे बाउको गालाको किस भए
प्यारी पत्नी भनी बा आमाबाट अलगगरी,सदरमुकाम बजारमा राखेछु
पल्कीछे ४ बच्चाको बाउसंग मेरो अभाबमा,आज २ टुहूराको बेदना चाखेछू
अतीतमा स्याउ जस्ता गाला थिए,सबै केटाहरु मख्ख परिहेर्थे रे
चारपुत्रेको बाउले आज लात मार्दा,अतीत संझी लामो श्वास फेरे थंे ।
आजभोली सुकेको गाला फाटेको पहिरनमा,शहरको गल्ली गल्लीमा हुन्छे रे
अतीतका रमाईला क्षणलाई संझी आज आाशुझार्दै धुुरुधुरु रुन्छे रे
सुन्दैछु बोर्डस् गरेको ठाउमा आज पूर्ब छोराहरु भेटनलाई जान्छे रे
Ganendra Amagi

ता २ छोराको त भईनस् ४ पुत्रको बाबुको हुन्छेस्? भनी पिटाईमात्र खान्छे रे
आखिर मेरो जस्तो बिडम्बना कसैले नपाओस् समयमा नै स्त्री चरित्र थाहा पाओस
जय मनकामना कुलङ्गार्नीलाई यी २ टुहूरा अनी मेरो आशुको शुभकामना जाओस्

ज्ञानेन्द्रप्रसादअंगाई नाम्जुुङ्ग-२ गोरखा-
हालः-दोहा कतार_

भन्छिन् प्यारीले

दुल्हनको टीको नहुंदै बिदेश जानुभो छोडेर
यो दिलको ब्याथा के शान्त हुन्थ्यो फोनमा बोलेर
यो चैत बैशाख उराठे महिना पालुवा पलाउने
काफल पाक्थ्यो भनेर कोहिली बिरहमा कराउने
२ दिनको चोला भोली के होला कसैलाई थाहा हुन्न
घाास दाउरा गरि सधंै बनपाखा सक्दिन म कुद्न
जिबन भरी साथ रहुाला भनी नाता नै जोडनु भो
दुल्हनका ती क्षण सपना गराई मलाई छोड्नु भो
बचन थियो १ सालमा आउने २ साल पुगी गो
यो रात दिन कती पो रुनु आाशु नै सुकिगो
किन हो मलाई हजुरको याद अती नै आईरन्छ
आजभोली एकोहोरो हुन्छु चक्कर नै लाईरन्छ
ए मेरो हजुर के बेथा लाग्यो छिनछिनमा टोलाउछु
भन्दै थिईन सासू निन्द्रामा मैले हजूरलाई बोलाउछु
कुन रोग मलाई छोड्दिनुभयो नपार्नु धेरै पिर
प्यार कै रोग लागेर मलाई भएन ठाडो शिर
सम्पती भनी बस्नुभो प्यारा मलाई जलाई
के बेथा लाग्यो झााक्री र डाक्टर लाउदैछन् मलाई
भाईबैनी पढाई बाआमा पाल्न हजुरलाई लाग्यो रिन
हजुरको न्यानो काखमा बस्ने कहिले आउला दिन
कतिका स्वास्नी पोईला गा’छन घर बर्बाद गरेर
लाग्दैछ प्राण हजुरको पिरले जान्छु की मरेर
हजुरको चांडै आगमन होला भनी बाटो हेर्दैछु
यतीखेर मैले हष्पिटल बेडमा लामो श्वास फेर्दैछु
महिनादिन भित्र आईदिनु होला २ हात जोयाछु
नत्र भने यो गोरखाद्विप हेर्नु कसरी मोयाछु

ज्ञानेन्द्रप्रसाद अंगाई नाम्जुुङ्ग-२ गोरखा
हालः-दोहा कतार

3 Comments

  1. It’s Very Nice Bhena

  2. hi manakamanafamily member i was very happy with yours this progrem because it help devlop & motivadte our distric gorkha.so thanks for this side maker from bhojraj

  3. Well. Come up with other updates too.
    Best of luck from the northern horizon.
    http://www.bhutaneseliterature.wordpress.com


Comments RSS TrackBack Identifier URI

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.