मनकामना साँस्कृतिक परिवार कतारको तीज कार्यक्रम सम्पन्न

गणेश बानिंया
अगस्त २२,२००९ दोहा कतार
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको शुभ अबसरमा मनकामना साँस्कृतिक परिवार कतारले कोर्निस स्थित फेमिली पार्कमा यही २१ अगस्त २००९ मा एक तीज बिशेष कार्यक्रमको आयोजना गर्‍यो ।

teej2009

teej2009

मनकामना साँस्कृतिक परिवार तथा गोरखा प्रबासी संघका सल्लाहकार बुधवल गुरुङ्,गोरखा प्रबासी संघका सचिब गणेश बानिया,मनकामना साँस्कृतिक परिवारका सल्लाहकर लाल बहादुर भट्ट,हरी नेपाली लगायत अतिथिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा मनकामना साँस्कृतिक परिवारका कलाकारहरु तथा नेपाली चेलीहरुको उल्लेख्य उपस्थिती थियो । प्रबासमा रहेर नेपाली कला र संस्क्तृतीको सम्रक्षणमा मनकामना संस्कृतिक परिवारले चालेको कदम प्रति प्रसंशा गर्दै अतिथिहरुले आगामी दिनहरुमा अझ यस् सस्थाले उच्चता कायम गरोस भन्ने सुभेच्छा ब्याक्त गरेका थिए ।उक्त कार्यक्रममा नेपाली चेलीहरुले गाएको गीतले फेमिली पार्क नै संगीतमय भएको थियो भने पार्कमा रहेका अन्यteej 001 देशका नागरिकहरुले समेत बिशेष चसोका साथ अबलोकन गरेका थिए मनकामना साँस्कृतिक परिवारले उक्त कार्यक्रममा उपस्थित नेपलि चेलीहरुलाई दर समेत खुवाएका थिए ।

अध्यक्ष आस बहादुर गुरुङ्को अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिब प्रेम अर्यालले गर्नु भएको थियो भने अतिथी तथा सम्पूर्ण दर्शकलाई स्वागत मन्तब्य  मनकामना साँस्कृतिक परिवारकी उपाध्यक्ष सबित्री गिरिले गर्नु भएको थियो ।

teej2009

teej2009

क्यानसरवाट पिडित नेपाली चेलीलाई गोरखा प्रवासी संघ तथा मनकामना साास्कृतिक परिवारको आर्थिक सहयोग

गणेश बानियाा

१५ अगष्ट, २००९ / दोहा, कतार

कतार स्थीत एक किलिनिङ्ग कम्पनीमा कार्यरत क्यान्सरवाट पिडित नेपाली चेली देउमाया निरौलालाई गोरखा प्रवासी संघ तथा मनकामना साास्कृतिक परिवारले आर्थिक सहयोग गरेको छ । मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश ब । गुरुङ्ग, सचिब प्रेम अर्याल तथा गोरखा प्रवासी संघका सचिब गणेश वानिया, सह सचिब सुनवीर सुनुवार लगायतको संयुक्त टोलीले कतारी रियाल सात सय एक हस्तान्तरण गरेको हो ।

पीडितलाई सहयोग हस्तान्तरण गर्दै

पीडितलाई सहयोग हस्तान्तरण गर्दै

झापा अर्जुनधारा गा ।बि ।सकी निरौला सुन्दर भविष्यको लागि ३ बर्ष पहिले कतार प्रवेश गर्नु भएको थियो । बिगत लामो समय देखि पाठेघरको क्यान्सरवाट पिडित देउमाया ३ महिना अघि देखि काम गर्न नसकी नियमित उपचार गराईरहनु भएको थियो । श्रीमान्ले अर्कै श्रीमति ल्याए पछि श्रीमान् संग सम्वन्ध बिच्छेद गरी दुई छोरीहरुको उज्वल भविष्यको खातिर कतारमा कार्यरत देउमायालाई आफ्नै कम्पनीमा कार्यरत महिला तथा पुरुष स्टाफहरुवाट एकहजार तिन कतारी रियाल तथा सिदार्थ रेमिटका बिबेक झा तथा ज्योति झाका तर्फवाट एक सय कतारी रियाल पिडितलाई हस्तान्तरण गरिएको कुरा उक्त कम्पनीकी साबित्री गिरीले जानकारी गराउनु भयो ।

आर्थिक अवस्था नाजुक रहेको र आफु पनि नेपाल फिर्ता भए पछि दुई छोरीहरुको पढाईमा समेत ठुलो असर पर्ने चिन्ता व्यक्त गर्दै आफुलाइृ सहयोग गर्ने सहयोगी प्रति आभार व्यक्त गर्नु भयो । पिडित देउमायालेे यो उपकारलाई आफुले कहिले पनि नभुल्ने बताउनु भयो । उहाँ यही अगष्ट चौध तारिख बेलुका गल्फ एवेरअज मार्फत नेपाल फिर्ता भइसक्नु भएको छ ।

NEPALI KO CHHATI MA

ramailo sanskritik rangh ko prastuti

more about "NEPALI KO CHHATI MA", posted with vodpod

Tamu Lochar 2009

http://manakamanafamily.wordpress.com/

more about "Tamu Lochar 2009", posted with vodpod

गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिबारद्धारा पिडितलाई हवाई टिकट

गणेश बानियाँ

अगष्ट ११, २००९ / दोहा कतार

गोरखा प्रवासी संघ तथा संघको संरक्षकत्वमा स्थापित मनकामना साँस्कृतिक परिवार कतारले बिगत लामो समय देखी हवाई टिकटको अभावमा कतार सरकारको फिर्ती केन्द्रमा रहेका दुई पिडित नेपालीहरुलाई हवाई टिकट उपलव्ध गराएको छ ।

गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिवारले पिडित नेपालीहरुको सहयोगार्थ संयुक्त रुपमा यही जुन ५ तारीखमा आयोजना गरेको रमाइलो साँस्कृतिक कार्यक्रम २००९ को कार्यक्रम आयोजना गरेको थियो ।सो कार्यक्रमबाट संकलित रकमद्धारा पिडितद्धय बरहा क्षेत्र ९ सुनसरीका नर बहादुर दर्जी तथा मरिना ५  रुपन्देही घर भएका रामलाल हरिजनलाई टिकट उपलब्ध गराएको हो ।

मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश ब. गुरुङ्ग गोरखा प्रवासी संघका उपाअध्यक्ष कमल दानकुटी, सचिब गणेश बानियाँ, सल्लाहकार बिर ब. थापाको  टोलीले नेपाली दुतावासका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रलाई सो टिकट हस्तान्तरण गरेको हो ।  उक्त टिकटको ग्रहण पश्चात कुरा गर्दै महामहिम  राजदुत मिश्रले संस्थाले चालेको कदम प्रति प्रसंशा गर्नु भयो । सबै संस्थाहरु मिलेर सहयोग गरेमा समस्याको समधान हुने बताउनु भयो । नर बहादुर दर्जी यही १४ अगष्ट नेपाल एअरलाईन्स मार्फत नेपाल फिर्ति हुदैछन् भने अर्का पिडित रामलाल हरिजन फिर्ति केन्द्रको
आबश्यक पक्रिया पछि छिट्टै मुलुक फर्कने छन् ।

स्मरण रहोस् गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिवारले कतारमा बिभिन्न  समयमा जन हितका क्षेत्रमा बिभिन्न रचनात्मक कार्य तथा सांगितिक  क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

अञ्जु पन्त (गायिका)

रमाइलो गर्नुपर्ने स्वभावकी अञ्जु पन्तका गम्भीर प्रकृतिका गीत हिट भएका छन् । काठमाडौं नक्सालको नन्दी रात्रि मा.वि. बाट एस.एल.सी. दिएपछि उनको पढाइभन्दा पनि संगीतप्रति रुचि बढ्यो । अञ्जुका सांगीतिक गुरु स्व.कृष्णमान डंगोल हुन् । मेहनत, लगन र रियाजले आफूलाई सफल बनाएको मान्ने पन्तको २०६५ मा रेकर्ड भएको न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई….. गीत मोबाइलमा डाउनलोड गरेबापत् नेपाल टेलिकमले १ करोड ८ लाख रुपैंयाँ असुल गरिसकेको छ ।
-बिनाअर्थ दिलमा सजाएँ तिमीलाई… गीतले अर्थ कत्तिको जुटायो ?
अर्थभन्दा पनि इज्जत, प्रतिष्ठा, नाम र माया कमायो ।
-उक्त गीतको भाव तपाईंको जीवनसँग कत्तिको मेल खान्छ ?
कत्ति पनि मेल खाँदैन ।
-पहिले के बन्ने रहर थियो ?
शिक्षिका ।
घरबाट के सोचेर निस्कनुहुन्छ ?
मेरो कामको सेड्युलका विषयमा सोच्छु, रेकर्डिङ, इन्टरभ्यु, प्रोग्राम आदि घरमै तय गरेर हिँड्छु ।
-बाहिर जाँदा कहिल्यै नछुट्ने दुई वस्तु ?
मोबाइल र मास्क ।
-आफ्नो निजी ब्यागमा के बोक्नुहुन्छ ?
ब्याग बोक्दिन । बोकिहालें भने रेनकोट मात्र बोक्छु ।
-तपाईंको स्लिम बडी सेपको रहस्य ?
खानामा अरुचि ।
-गायिका हुनुको नाताले प्रशंसकहरूको आकर्षण त हुन्छ नै, यो रमाइलो कुरा हो कि  डिस्टर्व हुने कारणले दिक्क लाग्ने कुरा ?
यो खुसीको कुरा हो । यद्यपि कहिलेकाहीँ रात बिरात आउने फोनले निद्रा बिगार्छ ।
-ऐनामा हेर्दा आफ्नोे कुन अंगलाई बढी ध्यान दिनुहुन्छ ?
म गाजल मिलाउन ऐना हेर्छु । त्यसैले आँखामै बढी ध्यान केन्दि्रत हुन्छ ।
-कस्तो गीतले तपाईंलाई दिक्क लाग्छ ?
संगीतले मलाई कहिल्यै दिक्क बनाउँदैन ।
-कस्तो खाना मनपर्छ ?
अमिलो, पिरो अर्थात् चटपटे टाइपको ।
-मोबाइल कुन प्रयोजनका लागि बोक्नुहुन्छ ?
हेल्लोबाहेक अर्को प्रयोजन छैन ।
-सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
पोर्क
-आफ्नो जीवनलाई प्रभावित गर्ने कोटेसन ?
‘के छ र जिन्दगानीमा’
-कुनै बिहान उठ्दा आफ्नो स्वर हराएको पाउनुभयो भने के गर्नुहुन्छ ?
स्वरै हरायो भने त मर्थें होला ।

प्रस्तुति-लक्ष्मी भण्डारी

महिलाहरुको स्वतन्त्र र दमनको समिश्रण पर्व तीज व्रत

दीपा एवाई राई
Hong Kong

नेपाली हिन्दू महिलाको निमित्त स्वतन्त्र र आनन्दसाग मनाइने पर्व हो तीज । हाल आएर अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि बडो हर्षोल्लासकाथ मनाउन थालिएको यस चाडको रुप धर्म ग्रन्थमा यस्तो छः-

“हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसाग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी अन्तमा प्रकट भई “चिताएको कुरा पुगोस्” भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । सो दिन भाद्र शुक्ल तृतीयको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवकारुपमा मनाउन थालेर यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।”

भनिन्छ, तीजमा श्रीमतीले श्रीमानका लागि मात्र होइन यदि श्रीमती अशक्त रोगी वा गर्भवती छिन् भने श्रीमानले सहयोगमा तीजको व्रत बसिदिने चलन प्राचीन समयमा भएको र अझै पनि कतिपय स्थान तथा व्यक्तिले यो परम्परा कायम गरेको सुन्न र पढ्नमा आए पनि आजसम्म यसको ठोस प्रमाण देखिन आएको छैन ।

तीज व्रतलाई तीन खण्डमा विभाजन गरी मनाइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने काम गरिन्छ । दर खीर र दूधबाट बनेको परिकार हो । तर हिजो आज माछा मासु पनि दरमा सामेल भएको छ । वास्तवमा दर पनि मध्यरात १२ बजेअघि खानु पर्नेमा हिजो आज सूर्यदय अघिसम्म पनि खाने नियमले के बुझ्न सक्छौं भने मानिसले आफूअनुकूलको सहजता खोज्ने भएकोले यसको स्वरुपमा परिर्वतन हुदै आएको छ ।

दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयको दिन हरितालिका तीज अर्थात नाच्ने र खुशी हुने दिन । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएकी हुनाले यस दिनलाई हर्षोल्लासकाथ साथ नाचगान गरी मनाइने गरिन्छ ।

तीजको अन्तिम दिन ऋषिपन्चमीको दिन हो । शास्त्रअनुसार यो दिन नारीहरू पापिष्ट भएको कारणले उनीहरूलाई सजाय दिन बनाइएको जस्तो देखिन्छ ।

शास्त्रमा भनिएको छ, १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरु छन् । तर मूलतः ३६५ वटा दतिवनका डाठ तोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरु सुद्ध गर्नु, चाल्नीमा गनौती -गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरु पूर्णरुपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । आखेरी यो कुन न्यायिक धर्म हो ? यहा त हिन्दू धार्मिक ग्रन्थद्वारा महिला माथि सोझै अत्याचार भएको पाउछौं । रजस्वला भनेको नारीमा हुने प्राकृतिक देन हो । यो सूर्य उदाउने र अस्ताउनेझैा स्वच्छ र ध्रुव सत्य कुरा पनि हो । तर यसलाई पाप ठानिनु एक रुढिवादी र दरिद्र सोच मात्र हो । धर्म र नीति शास्त्रले केवल नारीमाथि मात्र यत्रो आलोचना, वर्णन र कज्याउने किसिमको शिक्षाको सन्देश दिइएको पाइन्छ । संसारको जति पनि धर्म ग्रन्थहरु छन् केवल नारीको चरित्र त्यसको चित्रणसाग शिक्षाकै लागि मात्र बनेको देखिन्छ । समान अधिकारको जति नै वकालत गरे पनि मानवतावादी र न्यायपालिकाहरु केवल पुरुषहरुको स्वार्थमा निहित एजेण्ट जस्तो मात्र देखिन्छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । तर जुन तीज व्रत भनी श्रीमानकै लागि र बाह्र महिनासम्म हुने नारीको प्राकृतिक देन रजस्वलालाई असुद्ध र पापको संज्ञा दिई धर्म ग्रन्थमा लेखिएको शब्दहरु अति नै अशोभनीय, अर्थहीन, नारी शोषण र दमन मात्र देखिन्छ ।

नारीहरुले रातो टीका, रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरु त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ । के यो साच्चै विश्वासनीय छ ? श्रीमतीले यसरी व्रत बस्ने कुरा त सदियौंदेखि चलिआएको कुरा धर्मग्रन्थमा छ तर पनि निश्चित समयपछि श्रीमान र श्रीमतीको मृत्यु हुन्छ नै । यस तीज व्रतले कुनै श्रीमानको दीर्घायु भएको छैन र हुदैन पनि । किनकि यो एक संक्रमाणिक रुढि प्रथा मात्र हो । नारी शोषण र दमन हो । दीर्घायुको कामना श्रीमतीलाई पनि हुनु पर्ने हो तर किन श्रीमानलाई मात्र ? यसरी धर्मग्रन्थको भेदभावपूर्ण श्लोकहरु आज प्रत्येक चेतनशील नारी पुरुष दुवै पक्षले छुट्याई खण्डन गरी आवश्यक सुधार गर्नु पर्दछ । नत्र हामी नेपाली महिलाहरुको छुट्टै अस्तित्व बोकेर विश्व समक्ष उभिन सक्ने हाम्रो तीज पर्व भोलि दुर्घटनाग्रस्त भई नवमहिलाहरुले रेष्टुरा र पप हाउससाग डिस्को डान्समा परिणत नगर्लान् भन्न सकिन्न । कुनै पनि बुद्धिजीवी चेतनशील नेपाली भएको नाताले सम्पूर्ण विवेकशील नेपालीद्वारा यस्तो किसिमको रुढिग्रस्त धर्मलाई सच्याई यस किसिमको पर्वलाई संरक्षण गर्नु भनेको नेपालीत्वको संस्कृति र स्वाभिमान बचाउनु पनि हो ।

अष्ट्रेलियामा महिलाको लागि अगष्ट ८ का दिन नारी दिवस (Woman day) मनाइन्छ । तर नेपालमा परम्पारिक हिसाबले भने महिलाले यस्तो दिन पाएका छैनन् जसले उनीहरुलाई स्वतन्त्रताको अनुभूति दिलाओस् । यसरी यही कुरालाई लिएर मात्र गर्दा -तीज व्रतको दिन) त्यही दिन घरको कामकाजलाई चटक्क छोडेर उनीहरु -नेपाली महिलाहरु) स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन् । उनीहरुको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरु समेटिएका हुन्छन् । यसले महिलाहरुलाई सशक्त बनाउछ । यी कुराहरु तीजको सकरात्मक पक्ष हो । त्यसैले किन हामीले तीज पर्वलाई हाम्रो नेपाली महिलाहरुको नारी दिवस (Woman day) नमान्ने जसले हाम्रो परम्परा र सास्कृतिको पनि रक्षा हुने र मान्नेहरुको लागि धार्मिक पर्व व्रतको पनि सुचारुपले सञ्चालन हुने । तर जुन धार्मिक ग्रन्थको भनाइअनुसार समाजको रीति पूरा गर्न जबरजस्ती व्रत बस्नु र तेश्रो दिन ऋषिपञ्चमीको कार्य विधिचाहिा वाञ्छनीय देखिदैन । यदि रजस्वलालाई अछुत र पाप भनिन्छ भने यसको पूर्णरुपले सैद्धान्तिक, व्यवहारिक व्याख्या हुनुपर्छ । नत्र यस्तो रुढिवाद न्यायिक कार्यस्वरुप तुरुन्त हटाइनु पर्छ, मानिनु हुन्न ।

हाल नेपालीहरुको ठूलो हिस्सा देशबाहिर रहेको सन्दर्भमा विदेशमा रहेका नेपाली महिलाहरुले पनि यो चाड बडो धुमधामका साथ मनाउने गरेको पाइन्छ । हङकङमा रहेका नेपालीहरुले पनि विभिन्न संघ संस्थाको माध्यमबाट विगत केही वर्षदेखि यस चाडलाई बडो हर्षोल्लासका साथ मनाउदै आएका छन् । “यो हिन्दूहरुको पर्व हो हामी जनजातिहरुले मान्न आवश्यक छैन” भन्ने तर्कहरु पनि यदाकदा नउठेका होइनन् । तर यस चाडको मूल हिन्दू धर्म र संस्कार भए पनि हामी नेपाली हौं र जुनसुकै नेपालीको संस्कार र रीति हामी जोसुकै धर्म मान्ने र वा जोसुकै जनजाति नेपालीले आत्मसात गर्नु कुनै अनौठो कुरा होइन ।

हामीले खाली यसको सकरात्मक र नकरात्मक पक्षलाई मात्र चिन्नु सक्नु पर्दछ । सारमा भन्ने हो भने यो चाड जहाबाट उत्पति वा शुरुवात भए पनि यसलाई ज-जसले मनाए पनि यसले नारीमाथिको विद्यमान शोषण र उत्पीडनलाई बढवा दिने सबै किसिमका रिवाजहरुलाई एक एक गरेर केलाएर, फालेर नारी स्वछन्दता दिवसको रुपमा मनाउन सक्नु पर्दछ । कम्तिमा यसतर्फ सबै उन्मुख हुनुपर्दछ ।

तिमीलाई मैले रोजें

-भिमसेन् खतिवडा(सँगम)
हाल् सनैया कतार
आफ्नै भन्न मन लाग्यो मैले तिमीलाई न छानेनी
छिया छिया भयो मुटु बाँण तिमीले न हानेनी
संयोगले भेट हुंदा बाटो छेकेउ भन्ने सोची
धेरै कुरा काटेउ होला  मैले केहि न जानेनि

चढ्छ जब जवानी यो बैशालु बेला मा त
बादल भित्र लुक्छ रे जुन चाँदनिले न मानेनी नि
जल्यो मुटु आगो बिना कस्तो होला त्यसको ज्वाला
मैले तिमीलाई रोजी सकें तिम्ले मलाई न छानेनि

नेपाली-फिलिपिनो पिरती

श्यामसुन्दर शशी

कतार, साउन १४ – श्रमजीवी नेपालीको चहलपहलका कारण अस्तव्यस्त दोहास्थित नेपाली दूतावासमा आइतबार भिन्न दृश्य देखियो । समस्या सुनाउन आएका भीडमाझ रंगीचंगी पहिरनमा युवायुवती मुसुमुसु मुद्रामा देखिए ।

दृश्यबारे चासो राख्नु स्वाभाविक थियो, कागजपत्रको रासमा अल्झेका दूतावास सहचारी प्रेम बरालले छिनभरमै आग्रह गरे, ‘नेपाली बुहारीलाई आशीर्वाद दिनुहोस् ।’ नभन्दै फूलजस्तो जोडी नयाँ जीवनको सुरु गर्ने अनुमति लिन दूतावास आएका रहेछन् ।

संखुवासभा खाँदबारी-१० का मुन श्रेष्ठ र फिलिपिनो युवती पर्लिन प्रणय सूत्रमा बाँधिएका रहेछन् । दोहाको एक प्रतिष्ठित कम्पनीमा जनसम्पर्क अधिकृत रहेका मुन र पर्लिनबीच डेढ वर्षअघि भेट भएको रहेछ ।’ फस्टसाइटमै हामीले एकअर्कालाई रोज्यौं,’ दुवैले एकै भाकामा भने । आइतबार उनीहरूले जीवनभर साथ रहने आधिकारिकता प्राप्त गरे । एउटै कम्पनीमा कार्यरत मुन र पर्लिनको प्रथम भेट मेडिकल-फिंगरिङ गराउने बेला भयो । खाइलाग्दो मुन पर्लिनलाई मनपर्‍यो, गोरो छालाकी पर्लिनका आँखामा मुन डुबे ।

अन्तर्राष्ट्रिय विवाहले नेपाली समाजमा कसरी मान्यता पाउला ? ‘खुसीमा बाबा र आमाले आज घरमा पार्टी राख्नुभएको छ । फिलिपिन्समा यस्तो विवाह सामान्य हो,’ पर्लिनलेे भनिन् । यो नवजोडीले आउने दसैंछेक फिलिपिन्स गएर हनिमुन मनाउने योजना बनाएको छ । पर्लिन फिलिपिन्सबाट र्फकनासाथै घुमघाममा नेपाल जान चाहन्छिन् ।

गोरखकाली उद्योग अझै बन्द

krishna acharya

गोरखा, सरकारले बढाएको तलब नपाएको भन्दै तीन मजदुर संगठनले दुई सातादेखि गरिरहेको आन्दोलनका कारण गोरखकाली रबर उद्योग अझै सञ्चालनमा आउन सकेको छैन ।

अखिल नेपाल औधोगिक मजदुर संघ, स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन र कारखाना श्रमिक संघसम्बद्ध कामदार कर्मचारीले काम छाडेर आन्दोलन गरेपछि उद्योग बन्द भएको हो ।

माओवादी निकट युनियनले सरकारले बढाएको तलबको चार महिनाको रकम बाँकी रहेको भन्दै दुई साताअघि आन्दोलन सुरु गरेको हो । उद्योग व्यवस्थापन समितिले भने रकम उपलब्ध गराइसकेको जनाएको छ ।

आन्दोलनलाई ऐमाले समर्थित युनियन र श्रमिक संघले पनि ऐकबद्धता जनाएका छन् । उनीहरूले सरकारले सल्लाहकार समितिमा नियुक्त गरेका हरि कापम्लेलाई हटाउनुपर्ने, कर्मचारी जीवन बिमा र उपदानको व्यवस्था गरिनुपर्ने लगायत माग राखी उद्योग चल्न नदिने जनाएका छन् ।

एमाले नेतृत्व सरकारले कापम्लेलाई भर्खरै सल्लाहकार समितिमा नियुक्त गरेको हो । ‘मजदुको भावना नबुभम्ने व्यक्ति सल्लाहकारमा नियुक्त भएका छन्,’ एमाले युनियनका अध्यक्ष लैनसिंह लिम्बूले भनेे, ‘हाम्रै पार्टीको मान्छे भए पनि उद्योगका विषयमा अनभिज्ञ र योगदान नपुर्‍याएकालाई राख्नुहुँदैन भन्ने हाम्रो मुख्य माग हो ।’

मजदुर संगठनको सोमबार बसेको सयुक्त बैठकले कृष्णप्रसाद पोखरेलको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै कापम्लेलाई नहाटाएसम्म अन्य मागबारे वार्ता नहुने जनाएको छ ।

चालू पँुजी अभावले कच्चा पदार्थ खरिद गर्न नसक्दा मुलुककै एक मात्र रबर उद्योग महिनामा दस दिनभन्दा बढी चल्न सकेको छैन । कर्मचारी आन्दोलनले उद्योग थप धराशायी बन्दै गएको छ । उद्योगको घाटा मात्र १ अर्ब नाघिसकेको छ ।

Follow

Get every new post delivered to your Inbox.